Sunday, December 17, 2017

देशभरिका गाविस हटेर गाउँपालिका

प्रकाशित मिति: 2017/03/10

फागुन २७, काठमाडौंं । नयाँ संविधानअनुसार पुनर्संरचनापछिको स्थानीय तह शुक्रवारदेखि कार्यान्वयनमा आएको छ । 

सरकारले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको छ। नयाँ संविधानअनुसार स्थानीय तह निर्धारण आयोगले बनाएको प्रतिवेदन परिमार्जनसहित सरकारले राजपत्रमा प्रकाशित गरेको हो।

संविधानअनुसार यो प्रतिवेदन प्रकाशित भएपछि आजैदेखि स्थानीय तह खारेज हुन्छन्। गाउँ विकास समितिका कामकारबाही आजैदेखि अन्तरीम भएका छन्। स्थानीय निकायलाई हटाएर संविधानअनुरुप स्थानीय तह बनेपछि आजैदेखि कार्यान्वयनमा आएको हो।

मन्त्रिपरिषदले यही फागुन २२ मा ७ सय ४४ स्थानीय तह हुनेगरी गरेको निर्णय आज राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको छ। 

स्थानीय तहको नयाँ संरचनाअनुसार देशभरमा ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका रहने छन्। 

तपाईंको बिचार