Sunday, August 20, 2017  |    

भारतले माग्यो कञ्चनपुर घटनाको पोस्टमार्टम रिपोर्ट

प्रकाशित मिति: 2017/03/10

फागुन २७, काठमाडौं । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट नेपालीको मृत्यु भएको विषयमा भारतले दोस्रो पटक विज्ञप्ति जारी गरेको छ ।

भारतीय दूतावसले पहिलो पटक जारी गरेको विज्ञप्तिमा एसएसबीले गोली नचलाएको दाबी गरेको थियो । जारी गरिएको दोस्रो विज्ञपितमा भने नेपाल सरकारसँग मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फोरेन्सिक रिपोर्ट माग गरेको छ ।

विज्ञप्ति एसएसबीले घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन शुरु गरेको बताइएको छ ।

तपाईंको बिचार