Monday, November 20, 2017

प्रधानमन्त्री दाहाल चैत १० गते चीन जाने

प्रकाशित मिति: 2017/03/13

फागुन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी चैत १० गते चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो । प्रधानमन्त्री बनेपछि उनी दुईचोटि भारत गइसकेका छन् ।

नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री दाहाललाई भेटेर चीन भ्रमणको मिति टुंगो लगाएका हुन् । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले बतायो ।
यसअघि भारतको गोवामा सम्पन्न ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री दाहाल चीन जानुभन्दा अगाडि नै चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने चर्चा चलेको थियो । तर, अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निश्चित भएको छैन ।
गोवामा भएको भेटमा दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए । चिनियाँ राष्ट्रपतिले चाँडै नेपाल आउने बताएका थिए ।

तपाईंको बिचार