Thursday, March 23, 2017  |    

आजदेखि स्थानीय तहको औपचारिक रुपमा काम सुरुवात

प्रकाशित मिति: 2017/03/14

चैत १, काठमाडौं । सरकारले निर्धारण गरेका ७४४ स्थानीय तहले मंगलबारबाट औपचारिकरुपमा काम सुरु गरेका छन् ।

सरकारले शुक्रबार नै स्थानीय निकायलाई स्थानीय तहमा रुपान्तरण गरेको थियो । तर शनिबार, आइतबार र सोमबार सार्बजनिक विदा परेकाले मंगलबारबाट स्थानीय तहले कार्यालय स्थापना गरेर औपचारिक रुपमा काम सुरु गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार ललितपुर महानगरपालिकाको उदघाटन गर्दैछन् र उनले सोही समारोहबाट देशभर स्थानीय तह औपचारिक रुपमा कार्यान्वयन भएको घोषणा गर्नेछन् ।

स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई परिमार्जन गर्दै सरकारले देशभर ७ सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ । प्रतिवेदनअनुसार ललितपुरसहित चारवटा महानगरपालिका छन् । यसैगरी १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनेका छन् ।

तपाईंको बिचार