Monday, October 23, 2017

बाँकेमा एमालेलाई मधेसी मोर्चाको अवरोध, आमसभास्थल सारियो

प्रकाशित मिति: 2017/03/14

चैत १, नेपालगञ्ज । नेकपा एमालेको मेचीमहाकाली अभियान अन्तर्गत नेपालगन्जमा मधेसी मोर्चाले अवरोध गरेपछि आमसभास्थल परिवर्तन गरिएको छ ।

यसअघि आमसभास्थल रामलीला मैदानमा गर्ने तयारी गरिएको थियो । तर, त्यसलाई सारेर सडक डिभिजन कार्यालयमा आमसभा आयोजना गरिँदैछ । मधेसी मोर्चाले एमालेको आमसभालाई लक्षित गरी मंगलबार नेपालगञ्ज बन्द आह्वानसमेत गरेको छ । लामो दुरीका गाडीहरु नचले पनि ई रिक्सा लगायत साना सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् ।
आमसभाका लागि बिभिन्न क्षेत्रबाट सर्बसाधारणलाई गाडीहरुमार्फत् ओसारिएको छ । सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका गाडीहरुलाई भने मधेसी मोर्चाका कार्यकर्ताहरुले रोकेका छन् ।

मधेसी मोर्चाको बन्द र एमालेको आमसभामा अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक चोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।

तपाईंको बिचार