Saturday, June 24, 2017  |    

स्थानीय चुनाव गर्न सीमांकन हेरफेर अनिवार्य छैन :प्रधानमन्त्री

प्रकाशित मिति: 2017/03/14

चैत १, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावका लागि सीमांकन हेरफेर आवश्यक नभएको बताएका छन् ।  यसका साथै उनले वैशाख ३१ को चुनाव हुनेमा आशंका नगर्न आग्रह समेत गरेका छन् ।

स्थानीय तहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परिस्थिति अनकुल भए लगतै संविधान संशोधन विधेयक पास गर्ने बताए । उनले अघि भने, ‘स्थानीय चुनावका लागि सीमांकन परिमार्जन अनिवार्य छैन ।’

आफूले नेतृत्व गरेको सशस्त्र विद्रोहमा करिव १३०० मधेसी समुदायले सहादत प्राप्त गरेको भन्दै उनले मधेसका जायज माग सम्बोधन गर्नु आफ्नो दायित्व भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको कार्यप्रारम्भसँगै गणतन्त्रको उज्यालो जनता आफैँले अनुभुत गर्ने गरी संस्थागत भएको बताएका छन् । ललितपुर महानगरपालिका कार्यान्वयनको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको कार्यान्वयन राजनीतिक परिवर्तनको ऐतिहासिक खुड्कीलो भएको बताएका हुन् ।

तपाईंको बिचार