Sunday, March 26, 2017  |    

एनसेल प्रकरणमा सरकारले नीतिगत भ्रष्टाचार गरेको एमालेको आरोप

प्रकाशित मिति: 2017/03/17

चैत ४, काठमाण्डौ । प्रमुख विपक्षी नेकपा एमालेले एनसेलको पुँजीगत लाभकर असुली सम्बन्धी विषयलाई मन्त्रिपरिषदबाट निर्णय गराएको प्रकरणलाई नीतिगत भ्रष्टाचार भनेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा एनसेल सम्बन्धी मन्त्रिपरिषदको निर्णयलाई नीतिगत भ्रष्टाचार भनेको हो ।
एमालेले मन्त्रिपरिषदको उक्त नीतिगत निर्णय तत्काल खारेज गर्न र प्रचलित कानुन बमोजिम उक्त कम्पनीसँग लाभकर असुल गर्न माग गरेको छ ।

तपाईंको बिचार