Saturday, August 19, 2017  |    

देउवाले कुुर्सी मात्रै देख्न थालेका छन : ओली

प्रकाशित मिति: 2017/03/17

चैत ४, काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका नेताहरु नेपाली कांग्रेसप्रति आक्रामक बनेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री दाहाल भन्दा कांग्रेस र उसका सभापति शेरबहादुर देउवामाथि खनिन थालेका छन् ।
मेची महाकाली राष्ट्रिय अभियानको अन्तिम दिन कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ओली प्रधानमन्त्री दाहालभन्दा देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भए ।
ओलीले देउवाप्रति व्यंग्य गर्दै महाभारतको कथा नै सुनाए । 
रुखमा  बसेको चराको कुनै अंग नदेखेर आँखा मात्रै देख्ने अर्जुन जस्तै देखेको कुरा कांग्रेस सभापति देउवा पनि त्यस्तै भएको ओलीको भनाई थियो । 
ओलीले अघि भने, ‘उहाँले चैत, बैशाख देख्न छाड्नुभएको छ । जेठमा प्रधानमन्त्री बन्ने म्याद भएकाले जेठमात्र देखिरहनुभएको छ, कुर्सीमात्र देखिरहनु भएको छ । यस्तो कुहिराको काग नबन्न सुझाव दिन्छु, उहाँलाई म सम्झाउँछु ।’

तपाईंको बिचार