Monday, April 24, 2017  |    

विवादपछि जलजला क्याम्पस प्रमुखमा विष्णु आचार्य नियुक्त

प्रकाशित मिति: 2017/03/17

चैत्र ४, रोल्पा । लिबाङस्थित जलजला बहुमुखी क्याम्पस प्रमुखमा विष्णु आचार्य नियुक्त भएका छन् । सञ्चालक समितिको बुधबारको निर्णयअनुसार जनसंख्या विषय पढाउँदै आएका आचार्यलाई नयाँ प्रमुखमा नियुक्त गरिएको हो ।

क्याम्पस सहायक प्रमुखमा जनसंख्या विषयकै उपप्राध्यपक गोकर्णप्रसाद पुन नियुक्त हुने भएका छन् । समितिको बैठकबाट दुवैलाई दुई वर्षका लागि प्रमुख र सहायक प्रमुखमा नियुक्त गर्ने निर्णय भएको हो । समिति सदस्य चिन्तामणि आचार्यका अनुसार लामो समयदेखि क्याम्पसमा नयाँ प्रमुख र सहायक प्रमुख चयन गर्नेसम्बन्धी विवाद हुँदै आएको थियो । यसअघिका क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले समितिका कतिपय सदस्यले असहमति जनाउँदा जनाउँदै पनि आचार्य र पुनलाई नियुक्त गर्ने निर्णय भएको बताए । 
यसअघि क्याम्पस प्रमुख र सहायक नियुक्त कसलाई गर्ने सम्बन्धमा कर्मचारीहरूले विज्ञप्तिबाजीसमेत गर्दै आएका थिए । विभिन्न राजनीतिक दलसँग आबद्ध प्राध्यापक सम्मिलित संगठनहरूले आफ्नो पक्षकालाई क्याम्पस प्रमुख र सहायक नियुक्त गर्न दबाबसमेत दिँदै आएका थिए । सञ्चालक समितिका एक सदस्यका अनुसार यसअघिका दुई प्रमुखमाथि आर्थिक पारदर्शिता नगरेको आरोप लाग्दै आएको छ । 
पूर्व प्रमुखद्वय कृष्णप्रसाद न्यौपाने र विनोद आचार्यमाथि कम्तीमा १२ लाख पारदर्शी गराउन नसकेको आरोप छ । न्यौपानेले भने लेखापालले आर्थिक नियमावलीबमोजिम आर्थिक कारोबार राख्न नसकेकाले यस्तो भएको बताए । नवनियुक्त प्रमुख आचार्य र सहायक पुनमगरलाई सञ्चालक समितिले भर्खरै मात्र पूर्णकालीन उपप्राध्यापकमा नियुक्त गरेको थियो ।

 

तपाईंको बिचार