Friday, October 20, 2017

मोरङको म्याजिक चप्पल कारखानामा भीषण आगालागी

प्रकाशित मिति: 2017/03/17

चैत ४, विराटनगर । मोरङको टंकीसिनवारीस्थित म्याजिक चप्पल उद्योगमा भीषण आगलागी भएको छ। उद्योगमा विद्युत ट्रान्सफर पड्किएर आगलागी भएको बताइएको छ। आगलागीबाट करोडौ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ।

शुक्रबार बिहान ४ बजेतिरबाट सुरु भएको आगलागी अझै  नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागी नियन्त्रणमा लिन विराटनगर, सुनसरीको इटहरी, इनरुवा र धरान, सप्तरीको राजविराज, सिराहको लहानको दमकल पनि प्रयोग गरिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ। आगो नियन्त्रणमा लिन स्थानीयवासीले पनि सहयोग गरिरहेका छन्।

आगलागीबाट कारखानाको प्लान्ट जलेर नष्ट भएको छ।  बगडिया समूहले सञ्चालन गरेको उद्योगको म्याजिक ब्रान्डको चप्पल र जुत्ता पछिल्लो समय नेपाली बजारमा निकै लोकप्रिय बनेको छ।

तपाईंको बिचार