Monday, December 11, 2017

२८ देशका सैनिक नेपाली सेनासँग तालिम लिन काठमाडौँमा

प्रकाशित मिति: 2017/03/17

चैत ४, काठमाडौं । नेपाली सेनासँग तालिम लिनका लागि २८ वटा देशका सैनिक काठमाडौँ आइपुगेका छन् । नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनका लागि प्रदान गर्ने तालिम लिनका लागि तीन सैनिकहरु काठमाडौँ आइपुगेका हुन् । 

सोमबारबाट काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रमा हुन लागेको तालिममा सहभागी हुन ती सैनिक नेपाल आएका हुन् । सोमबारबाट सुरु हुन लागेको तालिमको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गर्दैछन् । तालिममा भारत, चीन, बेलायत, अमेरिका, विभिन्न अफ्रिकन मुलुक र मध्यपुर्वका विभिन्न मुलुकका सैनिकले भाग लिँदैछन् । 

यसअघि २०५८ र २०६९ सालमा नेपालमा यस्तै किसिमको वृहत्त अन्तराष्ट्रिय तालिम आयोजना भइसकेको छ । ‘अभ्यास शान्ति प्रयास ३’को नाममा हुन लागेको यो तालिम विश्व शान्ति स्थापनाका लागि खटिने राष्ट्रसंघीय शान्ति सेनाका लागि महत्त्वपूर्ण मानिन्छ । 

तपाईंको बिचार