Monday, May 22, 2017  |    

ट्रकको ब्रेक फेल भएपछि गुर्जुधारामा दुर्घटना, १ को मृत्यु, ९ घाइते

प्रकाशित मिति: 2017/03/17

चैत्र ४, काठमाण्डौ । ट्रकको ब्रेक फेल भएपछि काठमाडौंको गुर्जुधारामा ठूलो दुर्घटना भएको छ । दुर्घटनामा १ को मृत्यु भएको छ भने करिब ९ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

थानकोटबाट कलंकी आउँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रकको ब्रेक फेल भएपछि दुर्घटना भएको थानकोट प्रहरीका डिएसपी कृष्ण पंगेनीले जानकारी दिए । उनका अनुसार ब्रेक फेल भएको ट्रकले कलंकीबाट नाकढुंगा जाँदै गरेको मे १ ख २४३९ नम्बरको मिनी ट्रकलाई ठक्कर दिएर अर्को साइडमा गुडिरहेको बा ६९ प ६२ ८५ नम्बरको स्कुटरलाई पनि ठक्कर दिएको थियो । त्यस्तै सोही ट्रकले कलंकीबाट थानकोट जाँदै गरेको बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई पनि ठक्कर दिएको थियो । दुर्घटना पछि ट्रक चालक फरार छन् ।

ट्रकको ठक्करबाट मिनी ट्रकका चालक ३७ वर्षीय झापाका डम्बर पोखरेल गम्भीर घाइते भएका छन् । पोखरेलसहित घाइतेहरुलाई वीर, वयोधा लगायतमा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ ।

 

तपाईंको बिचार