Sunday, March 26, 2017  |    

आयोगले खारेज ​गरेको पार्टीले पनि चुनाव लड्न पाउने भयो

प्रकाशित मिति: 2017/03/17

चैत ४, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहुदर सिंहको पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ। निर्वाचन आयोगले सिंहको पार्टी खारेज गरिदिएको थियो। बार्षिक आय–व्यय तीन वर्षसम्म नबुझाएको र स्पष्टिकरणसमेत नबुझाएको भन्दै सिंहको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरिदिएको थियो।

समानुपातिक सांसद बनेका सिंहले अदालतमा मुद्दा दायर गर्दै दलीय हैसियत कामय राखेका थिए। आयोगले उनको पार्टीको चुनाव चिन्ह र झण्डासमेत खारेज गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीश गोपालप्रसाद पराजुली र प्रकाश राउतको संयुक्त इजलालसले बिहीबार ‘टेक्निकल’ पृष्ठभूमीमा टेकेर अन्तरकालीन आदेशमार्फत सिंहको पार्टीलाई निर्वाचनमा भाग लिने बाटो खोलेको हो।

आदेशमा भनिएको छ: विवरण बुझाउने कार्यमा निवेदक दलले आफ्नो दायित्व पूरा गर्ने नै छ भन्ने विश्वास यस इजलासले लिएकाले कानुन बमोजिम विवरण बुझाएपछि सक्रिय रहन नपाउने भन्न नमिल्ने देखिएकाले निर्वाचन आयोगको २०७१/११/२१ को निर्णय कार्यान्वयन नगर्नु, नगराउनु।

तपाईंको बिचार