Monday, October 23, 2017

चुनावलाई कुनै शक्तिले रोक्न सक्दैनः थापा, उपप्रधानमन्त्री

प्रकाशित मिति: 2017/03/19

चैत ६, विराटनगर । उपप्रधान एव स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको चुनाव अव कुनै शक्तिले रोक्न नसक्ने वताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले चुनाव सुनिश्चित गर्न आफू सरकारमा सहभागी भएको पनि वताए । ‘सरकार निर्वाचनको लागि तयारी गरेको छ । राजनीतिक दलहरु निर्वाचनतर्फ उन्मुख भइसकेका छन’ उनले भने, ‘निर्वाचन आयोग तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन युद्धस्तरमा काम गरिरहेको छ । अब चुनाव नहुने अवस्था छैन ।’
स्थानीय तहको चुनावलाई सफल वनाउन स्थानीय तहलाई परिचालन गरिएको भन्दै उनले आफू त्यसको अनुगमनका लागि सुनसरी र मोरङ जिल्लाको दौडाहामा निस्किएको वताए ।

सरकारले चुनाव गराउनको लागि कुनै कसर वाकी नराख्ने भन्दै मन्त्री थापाले भने, ‘मुलुकमा पहिलो पल्ट स्थानीय सरकारको चुनाव हुँदैछ, यसमा मधेसवादी दलको पनि सहभागीता आवश्यक छ । त्यसतर्फ सरकारले वातावरण तयार गर्न प्रयासरत छ ।’
मधेस केन्द्रीत दलहरुसँग सहमति हुने सक्ने विषयमा सहमति गर्ने र सहमति नभएका विषयमा भविश्यमा सहमति गर्ने मध्यामार्गी वाटोवाट अगाडी वढने प्रयास भइरहेको उनले बताए ।
राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र पार्टीको मुख्य एजेण्डा भएको भन्दै त्यसलाई हटाउने निर्वाचन आयोगको निर्णय स्विकार्य नहुने बताए । 

तपाईंको बिचार