Saturday, November 18, 2017

वायुसेवा निगमको बोइङ लिलामीमा जाँदै, न्यूनतम मूल्य १७ लाख डलर

प्रकाशित मिति: 2017/03/20

चैत ७, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ९एन एसीए’ कलसाइनको बोइङ ७५७ बिक्रीको तयारी अन्तिम चरणमा र्पुयाएको छ । यो बोइङ झण्डै ९ महिनादेखि ग्राउडेड छ ।

यसको मर्मत खर्च ठूलो भएको निगमले मर्मत नगरी यसलाई पार्किङमा राखेको छ । बोइङ लिलाम गर्ने प्रस्ताव निगमको सञ्चालक समितिले पनि स्वीकृत गरेको छ । बोइङको न्युनतम् मूल्य १७ लाख डलर तोकिएको निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिए ।
निगमले यसैसाता बोइङ लिलामीका लागि टेण्डर आह्वान गर्ने तयारी गरेको छ । केही समयभित्रै निगमसँग रहेका २ वटै बोइङ हटाउन निगमले योजना बनाएको छ । बोइङ हटाए अब एयरबस मात्रै खरिद गर्ने घोषणा निगमले गरिसकेको छ ।

३० वर्षभन्दा बढी समय चलेपछि बोइङलाई निगमले हटाउन लागेको हो । अब वायुसेवा निगमले एयरबसबाट मात्रै सेवा दिने तयारी गरेको छ ।
लिलाम हुने बोइङ अमेरिकासम्म उडाएर नै लैजान सकिने स्थितिमा छन् । पुरानो भएकाले बोइङले निगमको खर्च मात्रै बढाएको भन्दै यसलाई हटाउन लागिएको श्रेष्ठले जानकारी दिए ।
एयरबस भन्दा ठूलो परिमाणमा तेल खपत गर्ने भएकाले पनि यसलाई हटाउन आवश्यक भएको श्रेष्ठले बताए । एयरबसभन्दा दोब्बर तेल खपत गर्ने भएकाले पनि यसलाई हटाउन लागिएको निगमले जनाएको छ ।

तपाईंको बिचार