Friday, May 26, 2017  |    

म्यादी प्रहरी भर्नामा युवाहरुको भिड, बिहिबार सम्म दरखास्त दिन सकिने

प्रकाशित मिति: 2017/03/29

चैत्र १६, दाङ । स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी बन्नका लागि दरखास्त फाराम भर्न दाङ जिल्ला प्रहरी कार्यालयमा दिनहुँ युवायुवतीहरूको भीड बढ्दै गएको छ । हालसम्म ९ सय १९ पुरुष र २ सय ४० महिला गरी १ हजार १ सय ५९ जनाले फारम भरेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताए । 

यसैगरी निर्वाचनको शान्तिसुरक्षालाई मध्यनजर गर्दै वैध तथा अवैध हतियार आफंै प्रहरीमा बुझाउन आह्वान गरेकोमा हालसम्म १४ वटा भरुवा बन्दुक प्राप्त भएको तिवारीले जानकारी दिएका छन् ।
सल्यानमा पनि स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना हुन युवा तथा युवतीको सदरमुकाममा लर्को लागेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १८ वर्षदेखि ५४ ननाघेकाले फारम भर्न सक्ने भए पनि युवामा बढी आकर्षण देखिएको छ । प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डारीले दुई दिनमा हजारभन्दा बढीले फारम भरेको बताए । १७ गतेसम्म फारम भर्ने म्याद रहेकाले करिब दुई हजारभन्दा बढीको आवेदन पर्ने उनको अनुमान छ । 

तपाईंको बिचार