Sunday, October 22, 2017

चीनबाट फर्किए प्रधानमन्त्री, भन्छन :चुनाबबारे शंका नगर्नुस

प्रकाशित मिति: 2017/03/29

चैत १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अब पनि चुनाव हुँदैन कि भन्ने प्रश्न नगर्न आग्रह गरेका छन् । साथै उनले मधेसी मोर्चासमेतको सहभागितामा स्थानीय चुनाव हुने दाबी गरेका छन् ।

चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरिने बताए ।
आफूले चीन जानु अघि नै सहमति गर्न चाहेको भन्दै उनले भने, ‘मैले कार्यदललाई सबै डकुमेन्ट तयार पार्नुस् । आएपछि एउटा बैठक गरेर टुंग्याउनुपर्छ भनेको थिएँ ।’

उनले अघि भने, ‘मलाई विश्वास छ, मधेसी मोर्चाका साथीहरु पनि चुनावमा आउनुहुन्छ र उहाँहरुको समेत सहभागितामा चुनाव हुन्छ ।’ उनले चीन भ्रमण सफल भएको दाबीसमेत गरे ।

तपाईंको बिचार