Friday, May 26, 2017  |    

नयाँ शक्ति र संघीय समाजवादीबीच एकताको तयारी

प्रकाशित मिति: 2017/03/30

चैत १७, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच स्थानीय चुनाव अघि नै पार्टी एकता गर्ने पहल सुरु भएको छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताका लागि लगातार सम्वाद भइरहेको छ । नयाँ शक्तिको वार्ता टोलीका संयोजक रामचन्द्र झाले पार्टीको बैठकमा चुनाव अघि नै पार्टी एकता हुने संकेत दिएका छन् ।
पार्टीको केन्द्रीय परिषद्को बैठकमा झाले वैशाख १ गते पार्टी कार्याकर्तालाई नयाँ वर्षको उपहारका रुपमा संघीय समाजवादीसँग पार्टी एकता हुने बताए । 
झाले ८० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका छन् । संघीय समाजवादी फोरमसँग पार्टी एकताबारे वार्ता गर्न नयाँ शक्तिले झाको नेतृत्वमा गंगानारायण श्रेष्ठ र खिमलाल देवकोटा रहेको वार्ता टोली नै बनाएको छ ।

तपाईंको बिचार