Monday, December 11, 2017

निर्वाचन भयरहित बनाउनुपर्नेमा पर्यवेक्षण समितीको जोड

प्रकाशित मिति: 2017/03/30

चैत्र १७, दाङ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले स्थानीय तहको निर्वाचनमा भयरहित वातावरण बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । 

समितिले बुधबार तुलसीपुरमा आयोजना गरेको निर्वाचनसम्बन्धी परामर्श कार्यक्रममा बोल्दै महासचिव गोपालकृष्ण सिवाकोटीले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
समितिका उपाध्यक्ष चरण प्रसाईंले निर्वाचनमा सबै नागरिकको सहभागिता बढाउन भयरहित वातावरण हुनुपर्ने बताए । राज्य पुर्नसंरचना विज्ञ कृष्णप्रसाद सापकोटाले शासन प्रणालीमा जनताको प्रतिनिधित्व सुनिश्चितता निर्वाचनले मात्र गर्न सक्ने भएकाले यसलाई सबै नागरिकले उपयोग गर्नुपर्ने बताए ।  

कांग्रेस जिल्ला सदस्य सुरेन्द्र खड्का, एमाले जिल्ला अध्यक्ष टीकाराम खड्का, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य निर्मल आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका छोटीलाल चौधरी, जनमोर्चा नेपालका भरत भण्डारीलगायतले आचारसंहिता पूर्ण रूपले कार्यान्वयन गरी निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

 

 

तपाईंको बिचार