Friday, August 18, 2017  |    

मोर्चा सहभागी नहुँदैमा चुनाब रोकिदैन :देउवा

प्रकाशित मिति: 2017/03/31

चैत १८, बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाविना पनि आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

शुक्रबार बिराटनगर आइपुगेका देउवाले मधेसी जनता चुनावको पक्षमा भएकाले कुनैपनि हालतमा चुनाब नरोकिने बताए ।
सीमाङ्कन बाहेकका अन्य विषयलाई टुङ्गाएर मधेसी मोर्चालाई पनि चुनावका सहभागी गराउने प्रयत्न भने भइरहेको जानकारी दिए ।
सत्तापक्षको प्रयास अहिले पनि स्थानीय तहको चुनावमा मधेसी मोर्चालाई पनि सहभागी गराउने छ र सोही ढंबाट मधेसी मोर्चासँग वार्ता र छलफल चलिरहेको भन्दै देउवाले मधेसी मोर्चा पनि स्थानीय तहको चुनावमा सहभागी हुने बताए ।

तपाईंको बिचार