Thursday, June 29, 2017  |    

नेपाली विद्यार्थीको अष्ट्रेलिया यात्रा सहज, एसेसमेन्ट लेभलमा नेपाल दोस्रो

प्रकाशित मिति: 2017/03/31

चैत १८, काठमाडौं । नेपाली बिद्यार्थीको अध्ययनको प्रमुख गन्तब्य अष्ट्रेलियाले आफ्नो देशमा पढ्न आउने बिद्यार्थीको देश तथा बिश्वबिद्यालयहरुको एसेसमेन्ट लेभल हेरेफेरमा नेपाल दोस्रो तहमै रहन सफल भएको छ ।

अष्ट्रेलियाको अध्यागमन र सीमा सुरक्षा बिभागले शुक्रबार अद्याबधिक गरेको नतिजाअनुसार नेपाल साविकको दोस्रो स्थानमै रहन सफल भएको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।
नेपाली बिद्यार्थीहरुले अब लेभल एक र लेभल दुईमा रहेका अष्ट्रेलियाका बिश्वबिद्यालय तथा कलेजमा आबेदन गर्दा पहिले अष्ट्रेलियन हाइ कमिसन समक्ष बित्तिय बिबरण (फाइनान्सियल डकुमेन्ट) पेश गर्नु पर्दैन् ।

पछिल्ला बर्षहरुमा अष्ट्रेलिया पुगेका नेपाली बिद्यार्थीहरुले कलेज र कोर्स परिवर्तन गर्ने प्रबृत्ति बढेका कारण नेपाल तेस्रो लेभलमा झर्ने हो कि भन्ने चिन्ता शैक्षिक परामर्श ब्यबसायीहरुको थियो ।
लेभल ३ मा झरेको भए लेभल एक र दुई मा भएका शैक्षिक संस्थामा अप्लाई गर्दा पहिले नै बित्तिय बिबरणहरु पेश गर्नुपर्ने हुन्थ्यो । जसले गर्दा नेपाली बिद्यार्थीको भिषा अस्वीकृत हुने र जोखिम बढ्ने सम्भावना हुन्थ्यो ।
२०१६ को जुलाई १ बाट ल्याएको नयाँ नियममा अष्ट्रेलियाले आफ्नो देशका शैक्षिक संस्था र ती संस्थामा पढ्ने बिद्यार्थीको देशको तह निर्धारण गरेको थियो । नेपाल सुरुमै लेभल दुईमा पर्न सफल भएको थियो भने छिमेकी मुलुक भारत र बंगलादेश लेभल तीनमा परेका थिए । अद्याबधिक गरिएको नयाँ एसेसमेन्टमा समेत भारत लेभल तीनमै रहेको छ ।

तपाईंको बिचार