Friday, August 18, 2017  |    

प्रहरीले नै लुटे ६० तोला सुन, हवल्दारसहित ६ पक्राउ

प्रकाशित मिति: 2017/04/02

चैत २०, काठमाडौं । काठमाडौं न्यूरोडमा भएको सुन लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।

न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको सुन पसलमा शुक्रबार हतियार देखाएर झण्डै ६० तोला सुन लुटपाट भएको थियो ।
महानगरीय प्रहरीको अपराध महाशाखाले लुटपाटमा संलग्न तीन जनालाई पक्राउ परेको छ । महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने, ‘अपरेशन अन्तिम चरणमा पुगेको छ । लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ ।’
सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङसहितको समूह लुटपाटमा संलग्न भएको पाइएको छ ।
घटनाबारे थप जानकारी दिन प्रहरीले आजै दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

तपाईंको बिचार