Wednesday, August 23, 2017

कपिलबस्तुमा आगलागी, ५७ घर जलेर नष्ट

प्रकाशित मिति: 2017/04/12

चैत ३०, कपिलबस्तु । कपिलवस्तुकोे शिवराज नगरपालिका–११ सितलापुरमा आगलागी भएको छ । मन्नु पासिको घरबाट बुधबार सुरु भएको आगोले अहिलेसम्म ५७ घर नष्ट भएको जनाईएको छ । बिहान ११ बजेदेखि आगलागि सुरु भएको थियो ।

आगलागी भएको स्थानमा कृष्णनगर नगरपालिकाको दमकल पुगेको छ । आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

तपाईंको बिचार