Thursday, June 29, 2017  |    

चुनावमा आर्थिक अनुशासन कायम गर्न निर्देशन : प्रमुख निर्वाचन आयुक्त

प्रकाशित मिति: 2017/04/13

चैत्र ३१, हेटौँडा । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्। 

धनुषा र महोत्तरी जिल्लामा स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई बुधबार यहाँ सम्बोधन गर्दै उनले निर्वाचन प्रयोजनका लागि आवश्यक जनशक्ति परिचालन गर्दा जिल्लाभित्रका कर्मचारीलाई प्राथमिकता दिन पनि सुझाव दिए। निर्वाचनको सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा निकायको समन्वयमा कर्मचारीको सुरक्षा प्रबन्ध गरिएको जानकारी पनि उनले जानकारी दिए। तराईका जिल्लाका मतदान केन्द्रमा महिलाका लागि छुट्टै मतदान केन्द्र सञ्चालन गर्न पनि उनले निर्देशन दिए। 

धनुषा र महोत्तरी जिल्लामा खटिने ३२ जना निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन र व्यवस्थापनबारे जानकारी दिन निर्वाचन आयोगले दुई दिने प्रशिक्षण कार्यक्रम बुधबार हेटौँडामा सुरु गरेको हो। मुख्य निर्वाचन अधिकृतले जिल्लामा आगामी वैशाख ३ गते र निर्वाचन अधिकृतले सम्बन्धित गाउँपालिकामा वैशाख १२ गते कार्यालय स्थापना गरी निर्वाचन प्रक्रिया सुरु गर्ने भएका छन्। –रासस

तपाईंको बिचार