Thursday, June 29, 2017  |    

टुर डे लुम्बीनीद्धारा साईकल र्यालीको आयोजना

प्रकाशित मिति: 2017/04/13

चैत्र ३१, काठमाण्डौ । टुर डे लुम्विनीले सांस्कृतिक सम्पदाहरुको खोज, संरक्षण, सम्वद्र्धन र उजागर गरी विश्व सामु प्रचार प्रसार गर्ने उदेश्यले यही बैशाख २ गते साईकल र्यालीको आयोजना गरेको छ ।

‘सद्भावको लागि सम्पदा’ भन्ने नारा सहित आन्तरिक तथा वाह्य पर्यटनको विकासमा सहयोग पु¥याउने उदेश्यले उपत्यकामा रहेका बसन्तपुर,स्वयम्भू, पशुपति वौद्ध चाँगुनारायण, भक्तपुर दरवार र पटान दरवारक्षेत्र गरि ५० किमी साईकल र्यालीको आयोजना गरिएको हो ।  
काठमाडौंको वसन्तपुरबाट शुरु हुने उक्त साइकल र्यालिमा स्वदेसी र विदेसी साइकल चालकहरुका साथै स्वयंसेवक,डाक्टर र मेकानिक्सहरु गरि करिव ३ सय जना सहभागि हुने र सोहि दिन साइकलचालकहरु वाट गत वर्षको महाभूकम्पले क्षतिग्रस्त वनाएको काष्टमण्डप पूनः निर्माणको लागि  सहयोग स्वरुप्रदान संकलित रु ११११११।–को चेक काष्टमण्डप पूनः निर्माणको लागि अभियानलाई हस्तान्तरण गर्ने टुर डे लुम्विनीले जानकारी दिएको छ ।

तपाईंको बिचार