Wednesday, August 16, 2017  |    

बिदेशी कामदारलाई दिने भिसा रद्ध गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा

प्रकाशित मिति: 2017/04/18

बैशाख ५, क्यानवेरा । अष्ट्रेलियाका प्रधनमन्त्री माल्कम टर्नबुलले मुलुकमा बिद्यमान बेरोजगारी समस्या समाधानका लागि दक्ष आप्रबासीका लागि प्रदान गरिने विवादास्पद ४५७ भिसा कार्यक्रम रद्ध गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री टर्नबुलले भनेका छन् कि बिदेशी कामदारलाई नियुक्त गर्नुअघि अष्ट्रेलियालीलाई प्राथमिकतामा राख्नुपर्छ ।
प्रधानमन्त्रीले अष्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएकाले स्थानीय स्तरमा रोजगारीको अवसर सृजना गर्नेतर्फ केन्द्रित रहनुपर्ने बताएका छन् ।
‘अष्ट्रेलिया आप्रवासीहरुको मुलुक हो र सधैं रहनेछ, तर हामीले राष्ट्रिय स्वार्थ अनुसारको आप्रवासी नीति बनाउनु आवश्यक छ ।’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री टर्नबुलले भने ।

‘यो निर्णय अष्ट्रेलियाली नागरिकहरुका लागि हो । यसले के देखाउँछ भने अष्ट्रेलियाको रोजगारी अवसरमा अष्ट्रेलियालीहरु पुर्ति गरिनेछ ।’ उनले थपे ।
सन् २०१६ को सेप्टेम्बरसम्म ४५७ भिसामा अष्ट्रेलियामा रहेका आप्रवासीको संख्या ९५ हजार ७५७ छ ।
अष्ट्रेलियाली सरकारको यो घोषणाले दक्ष कामदारको रूपमा त्यहाँ रहेका नेपालीहरू पनि प्रभावित हुनेछन् ।

तपाईंको बिचार