Friday, May 26, 2017  |    

हिन्दू राष्ट्र र राजसंस्था छाड्दैनौ :कमल थापा

प्रकाशित मिति: 2017/04/19

वैशाख ६, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा कसैसंग कुनै सम्झौता नहुने बताएका छन् । आफू सरकारमा भए पनि पार्टीको  एजेन्डा नछाड्ने उनको भनाइ छ ।

पार्टीको विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन, हामी देशभर आन्दोलन गर्छौं’ बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘निर्वाचन आयोगले पार्टीको विधानमाथि प्रश्न उठाउने र फेर्ने हैसियत राख्न सक्दैन, तत्काल आयोगले कदम सच्याओस् ।’ उपप्रधानमन्त्रीसमेत रहेका थापाले मधेशी मोर्चाले मात्रै चुनाव वहिष्कार गर्नुको औचित्य नहुने बताए । उनले मोर्चा निर्वाचनमा आउने विश्वास व्यक्त गर्दै निर्धारित समयमै स्थानीय तह निर्वाचन हुने दाबी गरे ।

मोर्चा चुनावमा आए केही क्षेत्रमा मात्रै दोस्रो चरणमा चुनाव गर्न सकिने उनको भनाइ थियो  ।

तपाईंको बिचार