Tuesday, October 17, 2017

फाइनल प्रवेशका लागि टिम चौराहाले रुपन्देहीलाई दियो १७३ रनको लक्ष्य

प्रकाशित मिति: 2017/04/20

बैशाख ७, काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेटको फाइनल प्रवेशका लागि टिम चौराहाले रुपन्देही च्यालेन्जर्स सामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो ।
यो डीपीएलकै दोस्रो उच्च स्कोर हो भने टिम चौराहाको सबैभन्दा ठूलो स्कोर हो । डीपीएलको ठूलो स्कोर भने काठमाडौं गोल्डेन्सले बिराटनगर किङ्ग्सविरुद्ध १७३ रन बनाएको थियो, जुन खेल उसले ८६ रनले जित्यो ।
टिम चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्का हाने । राजु रिजालले २५ रन बनाए । शौरभ खनाल २४ रनमा अविजित रहे । अमर रौतेलाले १६ रन जोडे ।

रुपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुसाल र शहब आलमले एक एक विकेट लिए ।

तपाईंको बिचार