Friday, October 20, 2017

लायन्स क्लबको पाँचौ महाधिवेशन भोलि हुँदै

प्रकाशित मिति: 2017/04/21

काठमाडौं । लायन्स क्लबस् अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ ए२ नेपालको पाँचौ महाधिवेशन भोलि काठमाडौँको कमलादीस्थित प्रज्ञाभवनमा हुने भएको छ । क्लबले आज काठमाडौंस्थित ठमेल ईको रिसोर्टमा पत्रकार सम्मेलन जारी गरी सो जानकारी दिएको हो ।

सो महाधिवेशनले डिष्ट्रिक गभर्नर, प्रथम भाइस डिष्ट्रिक गभर्नर, द्धितिय भाइस डिष्ट्रिक गभर्नरको निर्वाचन गर्नुका साथै क्लबको वार्षिक कार्ययोजना पारित गर्ने प्रेस संयोजक मोहन लम्सालले बताए । उनले लायन्सले प्रत्येक वर्ष २० हजार नेपालीलाई निशुल्क आँखाको मोतियाबिन्दुको उपचार गर्ने गरेको जानकारी पनि दिए ।
साथै कार्यक्रम महाधिवेशन समितिका कन्भेनर लायन केशव पाण्डेले लायन्सले सामाजिक कार्यको साथै नेपालको पर्यटनलाई समेत देश विदेशमा प्रचार(प्रसार गर्दै आएको जानकारी दिए ।

विश्वको सवभन्दा ठूलो सामाजिक संस्था अन्तर्राष्ट्रिय लायन्स क्लबले नेपालमा विद्यालय निर्माण,स्वास्थ्य शिविर, आखाँ अस्पताल निर्माण, भोकोपन निवारणलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

२०७२ सालको भूकम्पपछि क्लबले विद्यालय भवन निर्माणलगायतका विकास निर्माणमा रु ५५ करोडको सहयोग गरेको अन्तर्राष्ट्रिय लायन्स क्लब स्थापना भएको सयवर्ष पुगेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा जानकारी गराइयो ।

अमेरिकाको शिकागो शहरमा सन् १९९७ को जुन ७ तारिखमा मानवीय सेवाको उदेश्यले लायन्सको गठन भएको थियो । स्थापना भएपछि विश्वका करिब १० करोड मानिसलाई लायन्सले भोक,रोक र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको छ । नेपालमा सन् १९७१ मा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरेका थिए ।

विश्वमा करिब १४ लाख लायन्सका स्वयम्सेवक कार्यरत छन् भने नेपालमा मल्टिपल डिष्ट्रिक ३२५ अन्तर्गतका चारवटा डिष्ट्रिकमा २५ हजार भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् ।

तपाईंको बिचार