Saturday, December 16, 2017

प्रधानमन्त्री दाहाल किन पुगे ओली निवासमा !

प्रकाशित मिति: 2017/04/23

बैशाख १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वनिर्धारित क्याबिनेट बैठक केहीबेरका लागि रोकेर एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न ओली निवास बालकोटतिर लागेका छन् ।

संविधान संशोधन स्थानीय निर्वाचनका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद बैठक अगावै विपक्षी दलका नेता केपीलाई भेटेर सहमति जुटाउन प्रधानमन्त्री बालकोटतिर लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले विहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक डाकेका थिए । बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारमा जुटिसकेका छन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी पनि उपस्थित छन् ।
यसअघि प्रधानमन्त्री प्रचण्डले दुई चरणको चुनावबारे आजै निर्वाचन आयोगका पदाधिकारीसँग समेत छलफल गरेका छन् ।

तपाईंको बिचार