Wednesday, August 16, 2017  |    

मलेसियाका नेपालीले कुनै समस्या भोग्नु नपरोस :प्रधानमन्त्री

प्रकाशित मिति: 2017/04/30

बैशाख १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा कार्यरत नेपालीहरुको हित नै सरकारको मुख्य सरोकारको विषय भएको बताएका छन् ।

मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।
नेपाल भ्रमणमा रहेको मलेसियाका व्यवसायी र पूर्वप्रशासकहरुको टोलीसँग आइतबार बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालीहरुको अवस्थाबारे चासो राख्दै समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् ।
‘हाम्रा दशौं लाख नागरिक मलेसियामा कामदारका रुपमा छन् । उनीहरुले विभिन्न कठिनाई भोगिरहेका छन् । फ्रि भिसा भनेपनि विभिन्न नाममा मोटो रकम तिर्न बाध्य भइरहेको कुराप्रति सरकार जानकार छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘नेपाल सरकार मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको छ ।’
मलेसिया वैदेशिक रोजगारीको एक प्रमुख गन्तव्य हो । मलेसियामा धेरै नेपाली कामदारहरु छन् । तर, त्यहाँ नेपालीहरु लुटिने, कुटिने, भनेजस्तो तलब नपाउने लगायतका समस्या भोग्नुपरेको छ ।

तपाईंको बिचार