Wednesday, October 18, 2017

संसद बैठक २१ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति: 2017/04/30

वैशाख १७, काठमाडौं । संविधान संशोधनको कार्यसूचीमै प्रवेश नगरी व्यवस्थापिका संसद बैठक चार दिन पछाडि धकेलिएको छ । अब उम्मेदवारी दर्ता अघि संविधान संशोधनको सम्भावना टरेको छ ।

संसदको आइतवारको बैठक नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै वैशाख २१ गते सम्मका लागि स्थगन भएको हो ।

 

तपाईंको बिचार