Sunday, October 22, 2017

कता हराए राप्रपाका १० सांसद ? दलको बैठकमा अनुपस्थित

प्रकाशित मिति: 2017/04/30

बैशाख १७, काठमाडौं । संविधान संशोधनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्टि देखा परेको छ । आइतबार आयोजित संसदीय दलको बैठकमा राप्रपाका १० सांसद आएनन् । अधिकांशको फोन स्वीच्ड अफ छ ।
संविधान संशोधनका विषयमा संसदमा छलफल हुनुभन्दा केही घण्टाअघिदेखि राप्रपाका सांसदहरु ‘बेपत्ता’ भएका हुन् । उनीहरु संसदीय दलको बैठकमा समेत आएनन् । संविधान संशोधन प्रस्तावमा दुई तिहाई पुग्नका लागि राप्रपाको ३७ भोट नै आवश्यक पर्छ । तर, अनिवार्य उपस्थितिका लागि पार्टीले ह्वीप गर्दागर्दै दलको बैठकमा १० जना संसद अनुपस्थित भएपछि संविधान संशोधनमा बहुमत गुम्ने देखिएको स्रोतले बतायो ।
संविधान संशोधनमा भोट हालिँदैन भन्दै असन्तुष्टी जनाएर बैठकमा उपस्थित नहुने राप्रपा सांसदहरुमा रामकुमार सुब्बा, विराज विष्ट, रेशम लामा, रमेशकुमार तामाङ, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ र बविता लावती मोक्तान लगायत रहेको स्रोतले बतायो ।
संसदीय दलको बैठकमा नआउने सांसदहरुलाई कारवाही गर्ने राप्रपा अध्यक्ष कमल थापाले बैठकमै चेतावनी दिएका छन ।

 

तपाईंको बिचार