Wednesday, August 16, 2017  |    

काठमाडौंको मेयरमा रञ्जु र किशोरको उमेद्धवारी, ठुला पार्टी देखिएनन

प्रकाशित मिति: 2017/05/02

बैशाख १९, काठमाडौं । काठमाडौं महानगरपालिकामा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने स्थल राष्ट्रिय सभागृहमा उम्मेदवार र कार्यकर्ताको चहल पहल बढेकोे छ ।

विवेकशील पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले मनोनयन दर्ता गराएका छन् । रञ्जुसँगै साझा पार्टीका मेयरका उम्मेद्वार किशोर थापा पनि मनोनयनको लाइनमा देखिएका थिए । स्वतन्त्र उम्मेद्वारका रुपमा काठमाडौंको मेयरमा एक नम्बरमा जेनिशा भट्टराईले उम्मेद्वारी दर्ता गरेकी छिन् । ठूला दलका कार्यकर्ताहरुको भने चहल पहल देखिएको छैन । उम्मेदवार नै ठेगान नभएकाले ठूला दलका कार्यकर्ताहरु निर्वाचन कार्यालयमा भन्दा पार्टी कार्यालयतिरै झुम्मिएका छन् ।

 

तपाईंको बिचार