Friday, October 20, 2017

पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बुद्धको योजना

प्रकाशित मिति: 2017/05/03

बैशाख २०, काठमाडौं । पोखरा विमानस्थलको निर्माण अझै सुरु भएको छैन । तर, बुद्ध एयरले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएसगै अन्तर्राष्ट्रिय उडान भर्ने योजना तयार गरेको छ । अहिलेसम्म आन्तरिक उडानमा केन्द्रित रहेको बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी गरेको हो ।

बुद्धले पोखराबाट सुरुवातमै ३ वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदासम्म बुद्धका ३ वटा बोइङ पनि आइसक्ने बताए । उनले यसका लागि हवाईजहाज निर्माता कम्पनी बोइङसँग छलफल अघि बढेको बताए ।

तपाईंको बिचार