Wednesday, August 16, 2017  |    

डोल्पाको शे फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा निर्विरोध

प्रकाशित मिति: 2017/05/03

वैशाख २०, डोल्पा । डोल्पा जिल्लाका दुई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार शे फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकामा एउटैमात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएका हुन् ।

शे फोक्सुण्डो गाउँपालिका प्रमुखमा एमालेका तसी तुण्डुक गुरुङ निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत रामवहादुर बुढाले बताए । उपप्रमुख बाहेक अरु सबै पदमा एमालेका उम्मेदवार निर्विरोध भएका छन् ।
डोल्पो बुद्ध गाउँपालिकाको प्रमुखमा एमालेका लंकवहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । डोल्पोमा उपप्रमुख सहित अन्य पदमा पनि एमालेको मात्र उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन अधिकृत बुढाले डोल्पोमा टेलिफोन सम्पर्क नभएका कारण विस्तृत विवरण लिन नसकिएको बताए ।
डोल्पाका बिभिन्न २८ वडामा निर्विरोध निर्वाचित भएको खबर आए पनि सञ्चार सम्पर्क हुन नसकेकाले आधिकारिक विवरण दिन नसकिएको बुढाले बताए ।
माथिल्लो डोल्पा एमालेको प्रभाव क्षेत्र हो । डोल्पाको एकमात्र निर्वाचन क्षेत्रमा एमालेका धनवहादुर बुढा सभासद निर्वाचित भएका थिए ।

 

तपाईंको बिचार