Friday, May 26, 2017  |    

बिमलेन्द्र निधिले पुनः उपप्रधान तथा गृहमन्त्रालय सम्हाल्ने

प्रकाशित मिति: 2017/05/04

वैशाख २१, काठमाडौं । सरकारको उपप्रधान तथा गृहमन्त्रीको पदबाट राजिनामा दिनुभएका बिमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ। 

आइतबार प्रधानमन्त्री समक्ष निधिले राजीनामा बुझाउनु भएको थियो । बुधबार दिनभरको छलफलपछि र बिहीबार बिहान गृहमन्त्री निधि पुनः गृहमन्त्रालय सम्हाल्न तयार हुनु भएको हो । निधिलाई मन्त्रालय सम्हाल्न अनुरोध गर्नकै निम्ति कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री निधिबीच बिहीबार बिहान छलफल भएको थियो । छलफलपछि निधिले पुनः गृहमन्त्रालय सम्हाल्ने सहमति भएको हो । 

आज जनकपुर जाने कार्यक्रम भएकाले निधि शुक्रबारबाट मात्र मन्त्रालयमा उपस्थित हुने कार्यक्रम रहेको छ ।

तपाईंको बिचार