Sunday, October 22, 2017

बजेट अगावै दोस्रो चरणको चुनाव गर्नेबारे प्रमुख दलबिच छलफल

प्रकाशित मिति: 2017/05/04

बैशाख २१, काठमाडौं । दलहरुबीच दोस्रो चरणको चुनाव बजेट अगाडि नै गर्नेबारे छलफल सुरु भएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा दोस्रो चरणको चुनाव सार्नेबारे कुराकानी भएको हो ।
सरकारले दोस्रो चरणको चुनाव जेठ ३१ गते गर्नेे निर्णय गरेको छ । पहिलो चरणको चुनाव बैशाख ३१ मा हुँदैछ ।
तर, एमालेले जेठ १५ मा बजेट ल्याउनु पर्ने र त्यसअघि नै दोस्रो चरणको चुनाव गर्नु पर्ने अडान राखेको छ । उसले जेठ १० सम्म दोस्रो चरणको चुनाव गरिसक्नु पर्ने अडान लिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डले यसबारे मधेसी मोर्चासहितका अन्य दलसँग कुरा गर्ने बचन दिएका छन् ।
‘मुख्य कुरा चुनाव हुनुपर्छ भन्ने हो । एउटा बैशाख ३१ मा चुनाव हुन्छ । अर्को चरणको चुनावको हकमा बजेट र त्यसलाई कसरी मिलाउने सकारात्मक ढंगले छलफल गर्ने भन्ने भएको छ’ भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘निर्वाचन आयोग, मधेसी मोर्चा सबै पक्षसँग छलफल गरेर एउटा निकासमा पुग्न सकिन्छ ।’

तपाईंको बिचार