Wednesday, August 16, 2017  |    

धनुषा र महोत्तरीमा आज सार्वजनिक विदा

प्रकाशित मिति: 2017/05/04

बैशाख २१, काठमाडौं । सरकारले तराईका दुई जिल्ला धनुषा र महोत्तरीमा सार्वजनिक विदा दिएको छ ।

ती दुई जिल्लामा आज बिशेष महत्वका साथ ‘जानकी नवमी’ पर्व मनाइने हुँदा सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी विदा दिएको हो ।
गृह मन्त्रालयले आज सूचना निकालेर मन्त्रिपरिषदको बैशाख २१ गतेको निर्णय अनुसार आज ती दुई जिल्लामा सार्वजनिक विदा दिएको बताएको छ ।
सार्बजनिक विदाका कारण धनुषा र महोत्तरीका सबै सरकारी कार्यालय, संघसंस्थाहरु, शैक्षिक संस्था एवं औद्योगिक तथा कलकारखानाहरु बन्द छन् ।

तपाईंको बिचार