Friday, May 26, 2017  |    

माओबादी कांग्रेस तालमेल, भरतपुरमा प्रचण्डपुत्रीलाई जिताउने, काठमाडौं र पोखरा कांग्रेसलाई

प्रकाशित मिति: 2017/05/04

बैशाख २१, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको छ ।  चितवनको भरतपुर र कास्कीको पोखरामा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

बिहीबार भएको सहमतिअनुसार कांग्रेसले भरतपुरमा माओवादी मेयरका उम्मेदवार रेणु दाहाललाई सघाउने छ । यसवाफत कांग्रेसले भरतपुरमा उपमेयर पाउनेछ ।
रेणु प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डकी छोरी हुन् । भरतपुरमा कांग्रेसको तर्फबाट दिनेश कोइरालाले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

तपाईंको बिचार