Friday, May 26, 2017  |    

प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्चको आदेश

प्रकाशित मिति: 2017/05/05

ठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्किन अन्तरिम आदेश दिएको छ। न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत अवस्थामा काममा फर्किन अन्तरिम आदेश दिएको हो।

 प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश राणाले यस्तो आदेश दिनु भएको हो। कार्कीविरुद्धको महाअभियोग प्रस्ताव शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको भन्दै सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदमा नाममा अन्तरिम आदेश समेत दिएको छ।

यसअघि सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश काकीविरुद्ध गत आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

तपाईंको बिचार