Thursday, June 29, 2017  |    

कम खानुस, चुनाबमा खटेर पार्टीलाई बिजयी गराउनुस :ओली

प्रकाशित मिति: 2017/05/08

बैशाख २५, ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम खाएर र कम आराम गरेर भए पनि चुनावमा खट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सोमबार ललितपुरको लगनटोलमा आयोजित एक कार्यक्रममा ओलीले सो आग्रह गरेका हुन् ।
‘कम खाएर र कम आराम गरेर भएपनि स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुस, ओलीले भने ।

उनले उम्मेदवारीका विषयलाई लिएर असन्तुष्टि व्यक्त नगर्न पनि निर्देशन दिए । सबै कार्यकर्ता एकतावद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकामा एमाले मेयरका उम्मेदवार विद्या सुन्दर शाक्यले आफ्ना चुनावी एजेण्डाबारे जानकारी गराएका थिए ।

 

तपाईंको बिचार