Monday, December 11, 2017

मतपेटिका सदरमुकाम नलगिने, स्थानीय तहको केन्द्रमै मतगणना हुने

प्रकाशित मिति: 2017/05/09

बैशाख २६, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ ।

मतपेटिका ओसारपसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ ।
२८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुने र त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ । मतगणना सम्बन्धमा आयोगले थप निर्णय नगर्ने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

हरेक गाउँपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेकाले सोही कार्यालयमै हरेक वडा र तहको मतगणना हुने प्रवक्ता शर्माले जानकारी दिए ।
मतगणना कहिलेबाट र कहाँ गर्ने भन्ने अधिकार निर्वाचन ऐनले नै निर्वाचन अधिकृतको कार्यालयलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालयले स्थानीय राजनीतिक दलसँगको समझदारीमा मतगणना हुने स्थान तथा समय टुंगो लगाउने र त्यसबारे सूचना टाँसेर जानकारी दिने कानुनी व्यवस्था छ ।

तपाईंको बिचार