Saturday, December 16, 2017

विप्लवका कार्यकर्ता बमसहित चितवनबाट पक्राउ

प्रकाशित मिति: 2017/05/09

वैशाख २६, काठमाडौ । प्रहरीले चितवनको भरतपुर महानगरपालिका ४ शिवघाटबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई विस्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

प्रहरीले आज विहान उक्त समूहको सैन्य दस्ता सहकमाण्डर पुरन राई र इलाका सदस्य शंकर गुरुङ्गलाई पक्राउ गरेको हो ।
सैन्य दस्ता सहकमाण्डार राई निर्वाचन विरोधी गतिविधीका लागि चितवन, धादिङ्ग, नुवाकोट र रसुवाको कमाण्डर रहेको प्रहरीले बताएको छ ।
प्रहरीले उनीहरुको साथबाट एकथान नक्कली पेस्तोल, बम बनाउने प्रयोग हुने डेटोनेटर केप, तीन थान ग्रीनेट बम र केही विजुलीको तार समेत बरामद गरेको छ ।
यस्तै सानो परिमाणमा फलामको टुक्रा, केही थान रसिद प्याड, चन्दा संकलनको चिठी लगायतका बन्दोबस्तीका सामाग्री पनि बरामद गरेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिएका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखेर आवश्यक अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रमुख थापाले जनाएका छन् ।
 

तपाईंको बिचार