Wednesday, May 24, 2017  |    

सरकारमा रहेका दलहरूले नै आचारसंहिता उल्लघंन गरे : भट्टराई

प्रकाशित मिति: 2017/05/09

वैशाख २६, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारमा रहेका शीर्ष दलहरुले नै ब्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लघंन गरेको आरोप लगाएका छन् ।

निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा प्रधानमन्त्रीको आदेशमा सशस्त्र प्रहरी गुल्म गोरखाका डिएसपीको सरुवा गर्नुले चुनावको निस्पक्षतामाथि प्रश्न चिन्ह उठेको उनले बताए ।
चुनावी घरदैलो कार्यक्रममा केही दिनदेखि गृह जिल्ला गोरखा रहेका भट्टराइले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
केही दिन अघि चुनावी कार्यक्रमबाट फर्कदै गरेका आफ्ना कार्यकर्तामाथि माओवादीले गरेको आक्रमणप्रति असन्तुष्टि जनाउँदै भट्टराईले घटनाको भत्र्सना समेत गरे ।
यस्ता घटनाहरु नियोजित र शृङखलाबद्ध भएको भन्दै दोषीलाई कारबाही गर्न नसक्नु सरकारको कमजोरी रहेको भट्टराईको भनाइ छ ।
संगठनात्मक रुपमा आफ्नो पार्टी तयार हुन नपाउँदै निर्वाचन गरेपनि देशव्यापी रुपमा उत्साहका साथ चुनावमा सहभागी भएको भट्टराईले बताए । 

तपाईंको बिचार