Friday, May 26, 2017  |    

केही घण्टा लोडसेडिङ गरेको भए करोडौँ कमाउन सक्थेँ : कुलमान

प्रकाशित मिति: 2017/05/09

काठमाडौं । चर्चाको शिखरमा पुग्न जति सहज हुन्छ त्यहाँ टिकीरहन उतिनै चुनौतीपुर्ण हुन्छ । गत बर्षसम्म १२ घण्टाको लोडसेडिङ खेपेका नेपालीले एकाएक उज्योलो फर्किएल भन्ने कल्पना सम्म गरेका थिएनन्। १३ बर्ष अघि सुरु भएको लोडसेडिङ एकाएक शुन्यमा झारेर चर्चाको शिखरमा रहेका कुलमान घिसिङ सोमबार पत्रकारहरुका माझ भावविह्वल बने। 

त्यसका लागि आउँदो हिउँद सबैभन्दा जटिल हुने उनले बुझे। किनभने हिउँदसम्ममा विद्युहत प्राधिकरणको केन्द्रिय ग्रीडमा मुस्किलले डेढ सय मेगावाट मात्र बिजुली थपिने अवस्था छ। त्यो पनि सुक्खा याममा त एक तिहाइ मात्र प्राप्त हुन्छ। तर , माग कम्तिमा २०० मेगावाटले बढ्ने प्राधिकरणको आँकलन छ। 

 यसरी माग र आपूर्तिको बृद्धिदरमा चार गुणाको खाडल हुने अवस्थालाई सन्तुलन गर्ने क्रममा उनले उपाय निकाले कम बिजुली खपतमा बढी उज्यालो। भारतमा यो कार्यक्रमबाट दुई बर्षमा छ हजार मेगावाट बिजुली बचत भइ सकेको थियो। नेपालमा त्यसलाई ‘रेप्लिकेट’ गर्न जनताको घर घरमा रहेको बिजुलीको बल्व बदल्नु पर्ने थियो। नेपालका अधिकांश उपभोक्ता सिएफएल र साधारण बल्वबाट बत्ती बाल्छन्। त्यसलाई एलइडी बल्वले बदल्न सके २०० मेगावाट हाराहारी बिजुली बचाउन सकिन्छ भन्ने निर्क्यौलमा घिसिङ पुगे। 
 
त्यस अनुरुप भारत सरकार अन्तर्गतको इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड (इइएसएल)बाट दुई करोड थान नौ वाटको एलइडी बल्व खरिद गर्ने निर्णयमा प्राधिकरण पुग्यो। यो डिल यस अघि प्राधिकरणले भारतको एनटिपीसी विद्युत व्यापार निगमबाट बिजुली किने जस्तै या नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट तेल किने जस्तै हो।
 
मन्त्रीपरिषद्ले यो निर्णय गर्ने वित्तिकै बल्व खरिदमा कमिसनको खेल रहेको प्रचार हुन थाल्यो। उनको चित्त दुखाइ त्यसैमा थियो। यसलाई प्रष्ट्याउन घिसिङले सोमबार पत्रकार सम्मेलन डाके। सुरुवात देखिनै घिसिङको आवाजमा केही पिडा सुनिँदै थियो। मेलम्ची आयोजनाको प्रमुख हुँदा देखि प्राधिकरणमा आएर लोडसेडिङ अन्त्य गर्दासम्म आफुले जनताको एक रुपैयाँमा पनि दुरुपयोगबारे सोच्न नसकेको बताउँदा अचानक घिसिङको गला अवरुद्ध भयो। 

केही घण्टा लोडसेडिङ गरेको भए करोडौँ कमाउन सक्थेँ आँशु मिसिएको आवाजमा उनले भने लोडसेडिङ अन्त्य गरेर जनताको पैसामा भ्रष्टाचार गर्नु छैन मलाइ। बल्व खरिदमा आफुले एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाण फेला परे मुलुक छाड्न तयार रहेको उनले बताए। बिजुली र तेल किन्दा जस्तै भारत सरकारले तोकेको मूल्यमा बल्व खरिद गर्न लागेको उनले जानकारी दिए। भारतीय संस्थाबाट अहिलेसम्म जति पनि खरिद हुँदै आएको छ ती सबैको मूल्य भारत सरकारले नै तोक्छ उनले भने बल्वको मूल्य पनि त्यहाँको उर्जा मन्त्रालयले तय गरेको हो। भारत सरकारले आफुहरुलाई लागत मूल्यमानै बल्व उपलब्ध गराएको जानकारी दिएको समेत उनले बताए।

तपाईंको बिचार