Wednesday, June 28, 2017  |    

लहानको यातायात कार्यालयभित्रै बम बिष्फोट

प्रकाशित मिति: 2017/05/11

बैशाख २८, लहान । सिराहाको लहानस्थित यातायात व्यवस्था कार्यालयभित्र बम बिष्फोट भएको छ । बिहीबार बिहान कार्यालयको एक तलामाथि रहेको शौचालयभित्र बम विष्फोट भएको हो ।

विष्फोटबाट मानवीय क्षति भने भएको छैन । तर, कार्यालयको झ्यालको शिशा, शौचालयको भित्ता र ढोकामा क्षति पुगेको छ ।
बम कसले र किन राख्यो भन्ने नखुलेको र घटनाको अनुसन्धान भइरहेको लहानका डिएसपी हिरा पाण्डेले  जानकारी दिए । डिएसपी पाण्डेले कस्तो प्रकारको बम हो भन्ने पनि नखुलेको बताए । 
सेवाग्राहीको चाप हुने यातायात कार्यालयभित्रै बम बिष्फोट भएपछि कर्मचारी र सेवाग्राही आतंकित भएका छन् ।

  

तपाईंको बिचार