Sunday, October 22, 2017

मतगणना कछुवा गतिमा हुँदा मतदाता आक्रोशित

प्रकाशित मिति: 2017/05/17

काठमाडौं । मतगणनामा भइरहेको ढिलाइप्रति आममतदाताहरु आक्रोशित देखिन थालेका छन्। मतगणना कछुवा गतिमा भएपछि कार्यकर्ता, आममतदातामा मतपरिणामलाई लिएर उत्साह र जाँगरभन्दा पनि निराशा थपिएपछि उनीहरु थप आक्रोशित बनेका हुन्। 

मतगणनामा ढिलाइ हुनुलाई उनीहरुले निर्वाचन आयोगको गैरजिम्मेवारीपन भनी टिप्पणी गरेका छन्। स्थानीय तहको निर्वाचनमा मतदानका लागि मतदातामा देखिएको उत्साह मत परिणाम आउने बेलासम्म कायम हुन नसक्नुलाई धरैले आयोगलाई नै दोष दिन थालेका छन्। मत गणनामा ढिलाइ भएपछि अत्यन्तै चासोका साथ हेरिएको काठमाण्डौ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह सुनसान प्रायः हुने गरेको छ। मतगणनास्थल वरपर उम्मेदवारका प्रतिनिधि र  सञ्चारकर्मी मात्रै देखिने गरेका छन्। गणनामा ढिलाइ भएपछि आम मतदाताहरुले दोस्रोे चरणको निर्वाचनपछि मात्रै परिणाम आउने हो कि भन्दै आयोगप्रति व्यङ्ग्य गर्न थालेका छन्। निर्वाचन आयोगले मतपत्र ठूलो भएको र एउटा मतपत्रबाट सातजना जनप्रतिनिधिले पाएको मत गन्नुपर्ने भएकाले केही ढिलाइ भएको बताउँदै आएको छ।

तपाईंको बिचार