Sunday, February 18, 2018

मत परिणाममा एमाले काँग्रेस प्रतिशपर्धा माओवादी पनि पछ्‌याउँदै

प्रकाशित मिति: 2017/05/17

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत वुधबार दिउँसो सम्म ९७ तहको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचमै कडा प्रतिष्पर्धा छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने कांग्रेस र एमाले भन्दा पछि छ।

अहिले सम्मको मतपरिणाम अनुसार एमालेले ४२ स्थानको प्रमुखमा जित हासिल गरेको छ। यता नेपाली कांग्रेसले एमालेलाई पच्छ्याइरहेको छ। कांग्रेसले ४० तहको नतिजा आफ्नो पक्षमा पारेको छ।

त्यस्तै माओवादीले १९ तहमा विजयी स्थान बनाएको छ । डोल्पा र मुस्ताङका तीन स्थानमा स्वतन्त्र उम्मेदवारले प्रमुख पदमा जितेका छन्। चौथो ठूलो दल राप्रपाले प्रमुख १ स्थानमा खाता खोलेको छ ।

तपाईंको बिचार