Thursday, September 21, 2017

असार १४ मा जनता हिँडेरै पनि भोट हाल्न आउँछन :प्रमुख निर्वाचन आयुक्त

प्रकाशित मिति: 2017/06/12

जेठ २९, विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको चुनावको मिति सार्नै नमिल्ने बताएका छन् । उनले बन्द हड्तालका बाबजुद जनता मतदान स्थलमा आउने र चुनाव सम्पन्न हुने बताए ।

विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले आयोगको पनि निश्चित समय र बटमलाइन हुने बताए । ‘१४ गते तोकिएकै मितिमा निर्वाचन गराउन निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ,’ उनले भने, ‘सबै प्रदेशमा एकैपटक निर्वाचन हुन्छ । असार १४ को मिति अकाट्य छ ।’
निर्वाचनमा सबै सहभागी हुने वतावरण बनाउन दलहरुकै सहमतिमा निर्वाचनसम्वन्धी ऐन कानुन संशोधन गर्नुका साथै पटक पटक मिति सारिएको उनले बताए ।
राजपाको आन्दोलनतर्फ संकेत गर्दै उनले आमहड्तालले निर्वाचनलाई फरक नपार्ने बताए । आम नेपाली जनताले निर्वाचन चाहेको भन्दै उनले जनता हिँडेर भएपनि मतदान स्थलसम्म पुग्ने र उल्लेखनिय सहभागितामा चुनाव हुने विश्वास व्यक्त गरे ।

 

तपाईंको बिचार